lkmTsf}nL, ;fpg !), @)&(

मृत्यु मुखौटाहरू

बाँडिरहेछन्- आश्वासनका राहत सामग्री, पुनःस्थापनका सपनाहरू, र सोम शर्माको सात्तु झैं योजनाहरू ! भो…नअल्मल्याऊ, हतार छ तिनीहरूलाई विदेशी पाँच तारे होटलमा साहुहरूको मेजमानी भ्याउन !

विजय चालिसे

बाढी बानेर उर्लिएको छ, असार

पहिरो बनेर खसेको छ, वर्षा

सयौं प्राणीलाई आगोसमा लिएर

रमाइरहेको छ, उन्मत्त,…..उत्ताल जललहरीमा !

छेउ किनारामा जीवन जोगाएकाहरू-

सहारा गुमाएका आफन्तहरू-

टुहुरा शिशुहरू….

र आश्रय गुमाएका परिजनहरू

निरीह… निरुपाय सुनिरहेछन्,

उन्मत्त जललहरीको मृत्युगीत !

मडरिइरहेको कालो वादलमुनि,

हेलिकोप्टरको गर्जनर,

हावाको तीब्र झोक्काले

लड्खडाएका अवसादग्रस्त तलका अनुहारहरू !

हेर्छन्… देख्छन्

एक हूल सरकार उत्रिएको छ विमानबाट

मुखौटो भिरेर दुःखी देखाउन आफूलाई

कष्टसाध्य अभिनय गरिहेका ती अवतारहरू

बाँडिरहेछन्-
आश्वासनका राहत सामग्री,

पुनःस्थापनका सपनाहरू,

र सोम शर्माको सात्तु झैं योजनाहरू !

भो…नअल्मल्याऊ,
हतार छ तिनीहरूलाई

विदेशी पाँच तारे होटलमा

साहुहरूको मेजमानी भ्याउन !

 

आरुबारी, काठमाडौं