कवि कटुवाल र उनका कविता

(कटुवाल स्मृृति दिवसको सन्दर्भमा मधुपर्क भदौं २०३७ मा पूर्व प्रकाशित रचना)
म चाहन्छु मुक्ति नरोक कसैले
के थाहा छ म को हुँ नसोध कसैले
वैशाख–जेठ २०३७ को मधुपर्क संयुक्ताङ्मा म को हुँ भन्दै मुक्ति चाहने कवि हरिभक्त कटुवाल त्यसको पाच छ महिनापछि भदौ २५ गते साँचै नै यस संसारबाट मुक्त भएर मुक्तिको अनन्त यात्राका पथगामी बने । च्यत्रिबेला उनके त्यो कविता पठेर उनले त्यत्रि चाँडै यस संसारबाटै मुक्ति लेलान् भन्ने सायद कसैले सोचेको थिएन ।
नेपाली साहित्यमा यता आएर करीब डेढ दशकदेखि नै साहित्यको माध्यमबाट पाठक वर्गमा सुपरिचित कवि कटुवालको असामयिक निधन भयो । मर्नु नियति हो, र अझ प्रकृतिको सामान्य नियम पनि हो । तर खुराक र औषधोपचारको अभावले असामयिक रूपले मर्नु निश्चय पनि यस नियतिभित्र पर्दैन । सुनिन्छ कटुवालको मृत्युमा पनि ग्रयास्ट्रिक, अल्सर र अप्रत्यक्ष करण थिए भने आर्थिक अभाव अप्रत्यक्ष भएर पनि त्यत्ति नै महत्वपूर्ण कारण थियो । अझ यो कारणमा महत्वपूर्ण भूमिक खेल्यो रक्सीको अत्यधिक ेवनले ।
विक्रमको १९९०२ सालमा आसामको बोगिबल नामक स्थानमा जन्मेका हरित्रभक्त कटुवाल “प्रवासी” (प्रवासी उनको उपनाम हो र नेपाल प्रवेश पछि यो उपनाम छाडेका हुन् ) लामो समयसम्म ए.ओ.सी नेपाली मिडिल स्कुल डिगबोइ आसाममा शिक्षक रहेर वि. संस २०२६ सालमा नेपाल आए । यहाँ आएर केही समय नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा ार्यरत भएर प्रज्ञा–विद्वत्वृत्ति अन्तर्गत ाम गर्न थाले ।
स्वर्गीय कटुवालका धर्मपत्नीको साथै तीन छेरी र एक छारा छन् । उनका कृतिहरूमा थुप्रै कविता र गीतहरूका साथै “भित्री मान्छे बेल्न खोज्छ”, “यो जिन्दगी के जिन्दगी” र “सुधा” शीर्षक तीन कविता सङ्ग्रह छन् । साथै शुरुमा बान्की, गोजिका र अभिव्यक्ति पत्रिकाको सम्पादन पनि कवि कटुवालबाटै भएको थियो ।
कतै कतै निराशावादी र हतास देखिने कवि कटुवाल वास्तवमा त्यत्रि नै निराश र जीवनदेखि नै हतारिएका पाइँदैनन् । उनका कृतिहरू केलाएर हेर्ने हो भने अझ बाँच्ने हुटहुटी, आशावादी दृष्टिकोण र भविष्यप्रतिको विश्वास तथा आस्थाको स्वर पनि गुञ्जिएको नपाइने होइन । कवि भविष्यप्रति आशावादी थिए । त्यसैले त उनी भन्छन्–
कतै आउाला कि यस्तो कुनै दिन
हाम्रा छोरा–छोरी र नाति–नातिनाहरू
आनन्दका गीत गाउँदै खेत गाडिरहेका हुनेछन् ।
(कतै आउला कि कुनै यस्तो दिन, मधुपर्क भदौ २०२९)

उनी केवल निरर्थक बँचाइ बाँच्न चाँहदैनथे– उनी त चाहनथे आउँदा धेरै युगसम्म बाँच्न साहित्य र सम्पूर्ण मानवलाई नै युग–निर्देशन गरेर । यसैले आफ्नो इतिहासको गतिलाई उछिनेर उनी यसरी व्यक्त गर्छन्–
रहर छैन मलाई केवल बाँचिदिने
केवल इतिहासका पानाहरूमा,
मैले त बाँच्नु पर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर !
× × ×
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ !
बनिसकेको बाटोमा हिँड्न भन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ !
(बाँच्न खोजिरहेछु, मधुपर्क असार २०२७)

हुन पनि आदशै किताबी रर अर्ति–उपदेशमा मात्र सीमित नभएर व्यववहारिक हुनुपर्छ, त्यसलाई व्यवहारमा उतार्न सकिने हुनुपर्छ । अनि बनेको बाटोमा त जो केही पनि हिँड्न सक्छ तर हाम्रो उद्देश्य नयाँ र असल बाटो बनाउने हुनुपर्छ, कवि कटुवालको विचारमा ।
आजको विश्वमैं व्याप्त आर्थिक विषमता, राजनीति र शक्तिको होडबाजी अनि यसको परिणमस्वरूप आउने युद्धका विभीषिका र गरिवी तथा वैज्ञानिक–मनोवैज्ञानिक प्रभाव र चिन्तनबाट कुनै पनि सचेत व्यक्रि उम्कन सक्तैन । कवि कटुवाल मात्र यसको अपवाद हुन सक्तैनथे र भएनन् । पनि । फलतः आजको युद्धविभीषिकाबाट आक्रान्त कवि भन्छन् –
हामीले उत्साहले उडाएको सेतो परेवा
धर्मराउँदै खस्छ धरातलमा;
बारुद बारुद गन्हाउँछन्् उसका पखेटा
बारुद बारुद गन्हाउँछ उसको श्वास
(बारुद र सेतो परेवा– यो जिन्दगी ख्वै जिन्दगी, प्रकाशक रत्नपुस्तक भण्डार ।)
त्यसैले होला यस शक्तिको होड, युद्धभूमिकोजस्तो कोलाहल र आर्थिक राजनैतिक युद्धको हरबखतको त्राशले हताश हुँदै उनी भन्छन्–
यो सजिन्दगी खै के जिन्दगी !
बन्दुकको नालमा टाउको राखेर
निदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइला टेकेर
जिउनु पर्छ यहाँ !
यो जिन्दगी ख्वै के जिन्दगी, ऐ…ऐ…
नेपालीले आफ्नोलागि यसद्धको मोहरामा फस्न नपरेको धेरै भए पनि आर्थिक बाध्यताले बाँच्ने सधनको खोजीमा प्रथम र द्वितीय विश्वयुद्धको साथै अन्य कतिपय विदेशीहरूद्वारा सञ्चालित युद्धमा बलिका बोको बन्नु परेको कुरा कटु–यथार्थ हो । यस अप्रिय तथ्यलाई दृष्टिगत गर्दै कटुवालभित्रको सचेत कवि यस्तो सल्लाह दिन्छ, हेरौं–
अर्कैको धावामा पर्नका लागि
यहाँ छोरा कसैले नपाए हुन्छ !
यसै गरी आर्थिक अभावग्रस्त जीवन–त्यसमाथि पनि निम्न आय भएका मानिसको जीवनलाई कवि पञ्चार भएको साइकलको ट्युबजस्तै देख्छन् । यो एउटा यथार्थ हो जसलाई कवि बडो सरल र र्माािक रूपमा अभिव्यक्ति दिन्छन् –
घरी–घरी हावा भरिरहनु पर्ने
“पङ्चर” भएको –
“बाइसिकलको” “ट्युब” जस्तो यो जीवन
कति टीठलाग्दो छ !
टाल्यो– उप्किन्छ
उम्किन्छ– टाल्यो
टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ
र पनि नटाली धर छैन
नगुडी चक्कालाई सुख छैन ।
(जीवन एक दृष्टि–साझा कविता , तेस्रो संस्करण २०३४ ।)
विराटको आह्वानकर्ता कटुवाल आजको समाजको अनि वर्तमानको सीमितपना र साँघुरो घेराभित्र आजको मानिस अटाउन सकिने देख्दैनन् । त्यसैले उनी वर्तमान प्रतिको विद्रोह यरी व्यक्त गर्न पुग्छन् –
एकलै जब म हिँडिरहेछु
अग्ला होचा सडक–सडकमा
मलाई लाग्छ– आकाशले मेरो
बाटे छेकिरहेछ
मैले उचालेका पाइला–पाइलामा तेर्सिएर;
मेरा अभयस्त खुट्टा आकाश
छिचोल्न व्यग्र हुन्त्छन् ।
आकाशले मेरो बाटो छेक्छ– ऐ. ऐ.
आफ्नो मातृभूमि र पुर्खाको देशलाई विभिन्न कारणले छाडेर प्रवासमा बस्नु पर्दा निश्चय नै प्रत्येक प्रवासी नेपालीका लागि दुःखदायी र एउटा पीडाप्रद अनुभूति हुनजान्छ ।
यो जिन्दगी ख्वै के जिन्दगीको प्रवासबाट खण्डमा सङ्ग्रहित र अन्य फुटकर कविताहरूमा पनि कटुवालका यिनै प्रवासी बन्नुपर्दाका पीडा र उच्छवास भेटिन्छन् । त्यसैले मातुभूमिको आह्वान सुनेर उनी भन्छन्–
मध्यरातको एकीमा कोही मलाई रुवाइ रुन्छ–
फर्की भनेर कतै लगी लगी यो छट्पटी बिसाइदिन पाए हुन्थ्यो
खोलाभरि आकाश भरि मिसाइ दिन पाए हुन्थ्यो
मध्याह्नको व्यस्ततामा केही मलाई
किन भन्छ पर्खी भनेर
(गीत मधुपर्क, चैत २०३०)

प्रवासमा बस्नुपर्दाको पीडा र पुर्खाको थलोबाट छुट्टिएर एकानकी बन्नु परेको अनुभूतिबाट पीडित कवि देश फर्केपछि एटा नयाा अनुभव पाउँछन् । त्यसैले नेपल फर्कने आफ्ने सपना पिनामा परिवर्तन भएपछि उनी भन्छन्–
यहाँ मैले एउटा आफ्नै आकाश पाएको छु
आफ्नै धरती पाएको छु – हिमाल पाएको छु
कुनै दिन सपनामा मात्र पाएको सगरमाथा
अझ विपनामा पनि पाएको छु
बाँच्न खोजिरहेछु– मधुपर्क असार २०२७
आजको भौतिक युगमा मानिस भीडमा बाँचेर पनि एकाकी अनसधव गर्छ, एकान्तबोध गर्छ, अनि आफ्नो पीर र वेदना व्यक्त गर्ने एउटा स्नेही व्यक्तिको अनुभव गर्छ । त्यो अनुभूति कवि कटुवाललाई हुन्छ र भन्छन्–
मुख लुकाइ पीर रुन
एउटा न्यानो काख छैन
यति धेरै मानिस छन्,
आफ्.ने
कोही साथ छैन
दुई गीत, मधुपर्क माद्र २०२८ ।
अनि आफ्नो इच्छा आकांक्षा र जीवनका लक्ष्य पूरा गर्न नसकेकोमा कवि यसो भन्न पुग्छन्–
मेरा रातहरू बस स्वप्न भए
मेरा दिनहरू पनि स्वप्न भए
यति स्वप्न लिई तिमी आइदियौै
कि यो जिन्दगी नै ब स्वप्न भयो ।
ऐ. ऐ
कवि कटुवाल प्रत्येक मानवमा ज्ञा र विज्ञानको विपुल प्रकाशपुञ्ज ेख्छन् र त्यसको प्रकाशनका लगि छात्तीभरि आँट चाहिन्छ भन्छन् र भन्छन् लक्ष्यप्रति अग्रसर हुनुपर्छ, समय पर्खेर बसेर केही हुँदैन, हेरौं–
उसले मलाई मूर्ख ठान्छ
म पनि उसलाई मूर्खै ठान्छु
तर आफाफ्ना लागि हामी दुवै
एक एक सोक्रेटस्–एक एक न्यूटन ।

× × ×
जसले कहिल्यै यश पाएन
उसलाई डर के अपयशको ?
जसको छातीमा आँट छ उसले
गर्दछ फेरि भर कसको ?

× × ×
कुदेने मन छ एक्लै कु ।
पर्खी समय नफाल ।

तीन टुक्रा, रुपरेखा पूर्णाङ्क १९,
मार्ग २०१९

कुनै पनि विकास र परिवर्तन समयले ल्याउँछ– समयको धार र त्यसको आवश्यकता कसैले रेकेर रोकिन्न । यसै कुरालाई कवि यसरी व्यक्त गर्छन्–
कशाँ फूल फल्छ, समय मात्र फुल्छ
वैशाख नआए वसन्त कहाँ फुल्छ ?
उज्यालोको त्यो ढोका त्यसै खुल्छ ?
विहानीले ल्याउँछ उज्यालो र खुल्छ ।
समयमात्र फुल्छ, रुपरेखा पूर्णाङ्क २१४,
फागुन २०३५

× × ×
एउटा कोलाहल जुर्मुराउँदै उठ्यो अनि
ढुङ्गामा सुतेको समय ढुङ्गै लिएर उठ्यो

निधि र प्रतिनिधि, मधुपर्क जेठ २०३३ ।

सम्पूर्ण मानव मात्रको साझा पृथ्वी र आकाशमा पनि छुट्टा छुट््टै साँध कोरेर स्वार्थ र असमानताको बगैंचा लहलहाएको देखेर कवि त्यो साँध फोरेर मानवतालाई भेट्न आउने अठोट गर्छन् र कहिले चाहिँ त्ये असमानता र अभाव देखेर पगल बन्दै पागल बन्दै पृथ्वीकोे अस्तित्व नै बिर्सिदिने इच्छा राख्छन् । हेरौं यी दुई टुक्रा–
एउउटै छ घाम एउटै छ जून
बेग्लै नठान कोरे साँध
तिमी पर्खीराख धैर्य सँगाली
म भेट्न आउँला फोरेर बाँध
म भरि दिउँला हाँसो ती ओठमा
तिमी पुछदनु यी मेरा आँसू
गीत , मधुपर्क वैशाख २०३२ ।

× × ×
कहिले काहीँ –
शहर बीचको चौबाटोमा
हात घुमाई लत्तो छोडी
नचिरहेको पागल देख्दा
म पनि ऊ सुि लत्तो छोडी
नाचूँ नाचुँ झैं लाग्छ,
पागलपनको मोहले होइन
पृथ्वीको अस्तित्व बिर्सन
लत्तो छोड्न मन लाग्छ
मन लाग्छ, रचना पूर्णाङ्क ४,
पुस–फागुन २०१९ ।

यसरी आफ्नो देश, समाज, बस्ती र अझ विश्वबाटै मान्छेले कमान्छेलाई गर्ने निच्छल माया नपाएर, मानवता र मानवीय गुण केवल सपनामा मात्र पाइने देखेर कवि गुनासो गर्छन्–
म खोजी हिँड्थेँ मान्छेको माया

यो मन बिसाउने मायालु छाया
म मृगतृष्णाहरूमा हराएँ
के दिन्थ्यो माया बैगुनी दुनियाँ ।
गीत मधुपर्क, जेठ २०३४ ।

यसरी नै “साँचि राखौं जस्तो लाग्छ ीतभरि तिमीलाई (गीत, मधुपर्क फागुन २०३५), “पोखिएर घामका झुल्का भरि संघारमा (एक गीत मधुपर्क, असार २०३०) जस्ता सरस, सरल गीतका गीतकार “नरमायाँ, (नरमायाा, रुपरेखा पूर्णङ्क २५, जेठ २०२०), सन्तुले छकाइ (सन्तुले छकाइ (रुपरेखा पूर्णङ्क १२, कथा विशेषांक २०१९) आदि कथाका कथाकार अनि –
यस पल्टको जाडो जाडो कसले कसरी छल्ने हुन् कुन्नि
आफ्नो त एउटा मन छ बिसानै पच्छिे भत्किने
(सिउन सकिन्न फाटेको मन झन् फाट्छ,
मधुपर्क मार्ग २०१९ )।
भन्ने अभावग्रस्त र पीडित–व्यथित मन भएका कटुवाल साँच्चै नै आजका एक सशक्त युगबोध भएका कवि थिए । अन्त्यमा कविको अनन्तसम्म र एउटा उज्यालो दिन नआएसम्म पर्खने सल्लाह मानेर त्यसको सानो टुक्रा उद्धृत गर्दै यो सानो चर्चा – अझ भनौं स्वर्गीय कटुवालप्रति शबद सुमनको यो श्रद्धाञ्जलिलाई यहीँ बिसाउने अनुमति चाहन्छु ।
त्यसैले पर्ख
एउटा अनागत दिनसम्म
पर्ख एउटा उज्यालो दिनसम्म ।