ता…ता…थैया….! !

रचनालार्ई पूर्णङ्क १६०, वर्ष ५९ अङ्क १ वैशाख–जेठ २०७६
धन्यवाद रचना
बन्दै बिग्रँदै गरेका बादलका आकृतिहरू !
विस्तिृत र अनन्त रूपमा फैलिएको नीलो आकाशलाई पूर्णरूपमा आफूभित्रै समाहित गर्ने उद्देश्यले बादल–साम्राज्य फैलिएको छ । ऊ कहिले काहीँ बादलका ती विभिन्न चोक्टाहरूलाई आफूले चाहेको कल्पनाको आकृति दिन खोज्दछ । हरबखत गधाझैं जीवन सङ्घर्षमा आकण्ठ पौडिरहेको उसको यस बाहेक मनोरञ्जनको साधन नै के थियो र ?
पल पल चिप्लँदै जाने समयचक्रमा आफैंलाई अलमल्याउने बहानाको खोजी गर्छ ऊ । यही क्रममा निःस्सार–निष्कृय वित्दै जाने गरेको क्षण यो अनुकल्पना उसलाई अझै रमाइलो लाग्ने गर्छ । क्षणिक नै भए पनि आफूलाई यथार्थको डरलाग्दो धरातलबाट मुक्ति दिन यस्ता दृश्य सहयोगी बन्ने गर्छन् ! एउटा एउटा नयाँ अर्थ र विम्ब छाड्दै जाने गतिशील रूपमा फैंलँदँै टुक्रिँदै गरेका यी आकृतिहरू उसलाई आफ्नै जीवनको प्रतिविम्ब झैं लाग्छ !
हेर्दा हेर्दै तिनै आकृतिमध्येको एउटा आकृति तल झ¥यो ।
त्यो आफैंमा आश्चर्यपूर्ण घटना थियो । त्यसपछि त उसका अगाडि एक पछि अर्को अनेकौं आश्चर्यका घटना देखिँदै गए । ऊ विश्मित विश्मित ती दृश्य हेर्दै गयो । हेर्दै गयो । ती आश्चर्यजनक दृश्यहरूबाट अचम्मित …अवाक !
बादलबाट तल उसको अगाडि झरेको त्यो आकृति देख्दा देख्दै मान्छेको अनुहारमा परिणत हुँदै गयो । अनुहार भने पराइ पराइ लाग्थ्यो, अपरिचित । त्यसमा न हिमाली सेतोपन थियो, न पहाडी गहुँगोरो रोगन । त्यसमा न त तराइको धूलो पोतिएको नेपाली रंग थियो, न पहाडी माटोको पोतिएको मटमैलो पन । उसले बोलेको भाषा पनि अनौठो थियो । नेपाली भाषामैं बोले पनि जिभ्रो बटारेर उसले बोलेको भाषा राम्ररी बुभ्mनै सकिँदैनथ्यो । उसका हाउभाउ सबै अचम्म लाग्दा देखिन्थे । ती सबै कुरा दखेर ऊ अझै आश्चर्यचकित बन्यो । हे हुँदैछ उसलाई, कतै सपना त होइन ? तर त्यो सपना थिएन ।
त्यो अनौठो मान्छेको खुट्टामा छालाको चम्चमाउँदो जुत्ता थियो । हातमा सुनको मोटो चेनयुक्त महँगो घडी । शरीरमा महँगो थ्री पीस सुट । आँखामा त्यस्तै महँगो सनग्लास ।
उसका दुवै हात गहु्रुङ्गा ब्रिफकेसले लच्किएका थिए । ब्रिफकेसमा लेखिएको लेखिएको अक्षर घामको उज्यालो पर्न जाँदा बेला बेलामा प्रष्टसँग चम्कँदो देखिन्थ्यो –आइएनजिओ ।
आश्चर्यका श्रृङ्खला एकपछि अर्को थपिँदै थिए ।
हेर्दा हेर्दै बादलका बुट्टाबाट अर्को एउटा आकृति पनि फुत्त झ¥यो । त्यसले पनि हातमा पहिलोले जस्तै ब्रिफकेस बोकेको थियो । यसको हमतको ब्रिफकेस भने पहिलोको भन्दा सानो थियो । बादलका बुट्टाबाट त्यसरी नै एक पछि अर्को अर्को गर्दै थुप्रै आकृतिहरू फुत्फुत् झर्दै गए । शुरूमा ठूला ठूला असिनाका गोला झैं खसेका ती आकार बिस्तारै मानवाकृतिमा परिणत हँदै गएका थिए । अनि एक एक गर्दै ती आकृति पहिलो सफेदपोशको अगाडि चन्द्राकार लामबद्ध उभिँदै गएको देखियो । लाग्थ्यो कुनै जादुको खेला भइरहेको थियो, जुन उसको समझभन्दा बाहिरको कुरा थियो त्यतिखेर ।
तिनका शिर निहुरिएका थिए, आँखामा लालचको घना रेखा । मनमा घातक सोच, जसमा अर्कैको हितका लागि बुनिएका खुराफाती योजनाका सूचीको खात ।
शिर निहु¥याएर उभिएका ती अनुहार पहिलो आकृतिको अगाडि आ–आप्mनो ब्रिफकेस खोलेर उभिएका थिए । सबैका हातको ब्रिफिकेस खाली थिए, पूरै खाली ! पहिलो रहस्यमय आकृतिले आफ्नो अगाडि नतमस्तक उभिएका ती सबै आज्ञाकारी अनुहारलाई एक एक गर्दै गहिरिएर हे¥यो ! उसका एक्सरेजस्तै भित्रैसम्म गड्ने आँखा तिनको मनको लालच र हातको खाली ब्रिफकेसको गहिराइ, लम्बाइ र चौडाइको आयतन आकलन गर्दै थियो । वा भनौं ऊ अनुमान गर्दैथियो, को कति समर्पित छ र त्यसको समर्पणको मूल्य कतिसम्म दिँदा ठिक पर्ला ?
पछि झरेका सबै आकृतिले हलुका पातलो नकावभित्र छोपिएर वस्तविक पहिचान लुकाउने प्रयत्न गरेका थिए । त्यसैले झट्ट हेर्दा सुकिलामुकिला लाग्ने ती अनुहारहरूलाई ठम्याउन सकिँदैनथ्यो । गौरसँग नियाल्दा मात्रै चिनिन्थे ती अनुहार ।
तिनका हातका ब्रिफकेसमा ती याचक अनुहारसंबद्ध क्षेत्रको सङ्केतसूचक परिचय अङ्कित थियो । जस अनुसार तिनमध्ये कोही सत्तारूढ र प्रतिपक्षी दलका मन्त्री, प्रभावशाली नेता र चम्चा कर्यकर्ता थिए । कोही नीति नियमको पालना गर्नु गराउने पर्ने ठूला ठूला पदाधिकारी । अनि कोही कालो कोटमा सजिएर कालै काम गर्ने कानुनका खेलाडी थिए । त्यही लाममा कलाकार–पत्रकारका रूपमा चिनिएका केही अनुहार थिए । कुनै अनुहार ठूला सम्पादकका मुखुण्डोमा छोपिएका थिए, कुनै चर्चित पत्रकार–स्तम्भकार वा अखबारी लेखकको मुखुण्डोमा देखिए । नैतिकताको पाठ घोकाउँदै अँध्यारोमा मुख कालो पार्ने सुधारक, उपदेशक र शिक्षक–प्रतिक्षक सबै थिए तिनमा । कोही भाषा, धर्म भेष र लिङ्गको लिङ्गे पिङ मच्चाउन माहिर खेलाडी ! सबै थिए । बादलका आकृतिबाट फुत्त फुत्त निस्केर मानव रूपमा परिणत हुँदै गएका ती परिचित–अपरिचित अनुहार र तिनको एकपछि अर्को चर्तिकला देखेर ऊ अवाक थियो ।
मानौं सिंगो देश नतमस्तक शिर झुकाएर उभिएको छ त्यो बादलबाट ओर्लिएको आकृतिको वरिपरि !
के देख्दैछ ऊ ?
ती सबै सधैं टेलिभिजनका पर्दामा, भाषणका मञ्चमा, न्यायालयका परिसरमा, आयोग र अफिसका घुम्ने कुर्सीमा, सदन र सञ्चारका साम्राज्यमा देखिने गरेका चिरपरिचित अनुहार थिए । तीमध्ये कति त ऊ आफैंले अगिसम्म आदरले हेर्दै आएका अनुहार थिए ।
ती सबैेको हात खोलिएका ब्रिफकेस समातेर पसारिएका थिए । तिनीहरू सकेसम्म बढी याचक बन्ने प्रयासमा दायालाग्दो निरिह अनुहार अनुहार देखाउने प्रतिस्पद्र्धा गरिरहेका थिए । दाँत ङ्च्यिाएर उभिएका ती आकृति लाग्थे ती याचक हुन् र कसले मालिकलाई धेरै रिझाएर बढी बक्सिस थाप्न सक्छ भन्ने होडमा समर्पित छन् ।
“ब्रिफकेस मात्रै ल्याएका छौं कि चित्तबुझ्दो कार्यविवरण पनि ल्यायौ ?” जिभ्रो बटारेझैं बुझ्नै कठिन आवाजमा निस्केको पहिलो आकृतिको स्वर गुञ्जियो । तिनका लागि भने त्यो आकृतिदेखि उसका सबै बानी व्यवहार र लवज परिचित लाग्थे, बोधगम्य सहज र लामो समयदेखिको परिचित जस्तै !
बटार्रिएर अर्कै भाषा झैं अप्ठ्यारोसँग उच्चरित उसो आवाज रोकिइ रोकिइ निस्किइरहेको थियो । बडो ध्यान दिएर सुन्दा मात्रै बुझेको थियो उसले आफ्नो बोली । उसको त्यही बोलीको तरङ्ग फैलिएर सबै नेपाली जिभ्रोलाई मोहनी लाउला भन्ने चाहिँ उसलाई के थाहा ! त्यसरी लठ्ठिने क्रमा दिन दुई गुना, रात चौगुना त्यही अनेपाली नेपाली लवज रेडियो तरङ्गजस्तै फैलिँदै जाला भन्ने त्यतिबेला अनुमान नै गर्न सकेको थिएन ।
“सबै हाजिर छ, आका !” अरेवियन नाइटका तिलस्मी कथानायकजस्तै देखिने लामबद्ध एउटा आकृतिको मुखारविन्दबाट चाकडीको चास्नीमा निथ्रुक्क भिजेको गुलियो स्वर निस्कियो “हेर्दै जानोस्, यसको परिणाम दश वर्षपछिको टाउको गन्तीमा देख्न पाउनुहुनेछ । हामी पक्ष विपक्ष सबै एक छौं, सबै मिलेरै तारतम्य मिलाइसकेका छौं ।” त्यो सङ्केत कता र कुन कुरा तर्फ लक्ष्यित थियो, उसले कुनै भेउ पाएन ।
“अनि तिम्रो….?” उसका एक्सरेजस्ता आँखा लामबद्ध अर्को आकृति तर्फ केन्द्रित भए । भित्रैसम्म गडेको त्यो तीखो आँखाको घोचाइले तर्सिए झैं लाग्ने कृष्णवर्णको त्यो थसुल्ले नेता आकृतिको सातो गएजस्तै स्वर सुनियो, “भरपूर योजनासहित हाजिर छु, सरकार ! एक साता भित्रै महाभारतको युद्ध मच्चिनेछ, कुरुक्षेत्रमा ! अनि जति चाहिन्छ कुस्ती लडाएर मतअभिमतको फसल काट्नुहोला ।”
उसको अनुहारको अभिव्यक्तिले लाग्थ्यो आफ्नो जवाफबाट ऊ पूर्ण सन्तुष्ट छ ।
लाममा खडा भएका इमान्दार याचकहरू एकपछि अर्को आ–आफ्नो कुरा राख्दै गए । कोही धर्ममा सोइसेलो खेल्ने वाचा बाँधिरहेका थिए, कोही जाति र भाषाको कुस्ती अखाडा जमाउने कुरा गर्थे । कोही विचार र व्यवहारको नयाँ वर्ण जन्माउन पुरुषार्थको झण्डा गाड्ने उद्घोष गरिरहेका थिए । सबै नै आ–आफ्नो जिम्मेवारीमा इमान्दार देखिने भरमग्दुर प्रयत्न गरिरहेका थिए । नयाँ मालिक रिझाउन कस्सेर स्यालुट ठोकिरहेको चौकीदारजस्तै ।
यसरी सबैको जवाफबाट सन्तुष्ट देखिए पछि उसले आफूसँगको ठूलो सुटकेसबाट निकालेर हैसियत अनुसारको बख्सिसले ती याचकहरूको हातको खाली सुटकेस सुटकेसमा राख्दै थियो ।
फेरि अर्को आश्चर्यले पर्खी रहेको थियो उसलाई– भरिएको ब्रिफकेस र नवीन निर्देशनको भारी बोक्नासाथ ती सबै आकृति निमेषभर मैं अन्तध्र्यान भैसकेका थिए । केही बेर अगाडि मुगल सम्राटका अगाडि वादशाहको आदेश तामेल गर्न शिर निहुराएर उभिएका विदूषकहरूजस्तै लाग्ने ती आकृति आँखा झिमिक्क नगर्दै कता लोप भए, उसले कुनै भेउ पाउन सकेन । उसले मनमनै सोच्यो– किन आज म यस्तै अनेकौं आश्चर्यमय घटना देख्दै छु ।
त्यस घटना पश्चातका केही दिन उसको दिमागले मदानी झैं तिनै आश्चर्यलाग्दा दृश्यहरूको मन्थन गर्दै रह्यो । उसले चित्त बुझ्दो समाधानको नौनी भने जति गरे पनि निकाल्न सकेन ।
दिन चिप्लँदै गयो । उसको दिमागमा लामो समय सम्म मडार्रिएका अनौठा दृश्यसम्बद्ध प्रश्न पनि बिस्तारै बिस्मृत बन्दै गए ।
केही महिना मात्रै बितेको थियो, उसको मस्तिष्कमा फेरि उथलपुथल मच्चाउने समाचार आउन थाले । अनौठा दृश्य र घटनाहरू देखिन थाले । लाग्थ्यो शान्त तलाउमा कसैले बडेमानको ढुङ्गा प्रहार गरेको छ । अनि त्यही प्रहारबाट सिर्जित उथलपुथलपूर्ण तरङ्ग युद्दक्षेत्रमा ओइरिएका बमबारुदका पर्रा झैं बज्रिँदै थिए ! यसरी अनेकौं अनौठा घटनावली देखिँदै गए ः
अघिल्लो राति श्रीमतीले शुद्ध मनले कातेको कपासको बत्ती ऊ आफैंले तोरीको शुद्ध तेलमा भिजाएर बालेको थियो । बत्ती त बिहान उठ्दा मैनबत्तीमा परिणत भइ सकेछ ।
रातमा सँगै सुतेकी श्रीमती विहान कतिखेर अधिकार माग गर्दै पतिमुक्तिको व्यानर बोक्दै नारा लगाउने हरूको भीडमा मिसिइ सकिछन् ।
सुख दुुखमा साथ दिने गाउँ छिमेकका आत्मीय अनहारहरू रातारात नचिनिने बनिसकेछन, बिरानो अनुहारमा बदलिइसकेछन् ।
हरेक सुखःदुखमा आँसु बगाउने आफन्त–इष्टमित्रहरूको समवेदना रामै्रसँग सुकिसकेछ ।
सधैं देखभेटमा हाँसेर सन्चोविसन्चो सोध्ने चिनारुहरू चुच्चे र बुच्चेको बनोट नियाल्दै एक अर्काको खोइरो खन्न थलिसकेछन् ।
हिजो कानुनको फन्दामा परेका डरलाग्दा अनुहारहरू कानुनकै उदारमनको शीतल चौतारीमा सुस्ताउन थालिसकेछन् ।
हिजोसम्म देखिएको परिचित भाषा–भेष परिवर्तन भएर बिरानो बनिसकेछन् । …. आदि….इत्यादि !
कुनै क्षेत्र अछुत थिएन । सबैतिर हिजोका सबै कुरा बदलिइरहेका देखिए, मात्र उसको नाउँ उही थियो, उसको गाउँ यतिबेलासम्म अझै उसकै थियो ।
यसरी चारैतिर फैलिएका तरङ्ले ऊ बसेको घरको जग समेत खलबलिन थालेको थियो । इँटा माटो, बज्रहरू एक आपसमा छुट्टिन खोज्दै थिए । याचक अनुहारहरू भने त्यही बादलभित्रबाट झरेको रहस्यमय आकृतिले बजाएको गिटारको धूनमा सम्मोहित सम्मोहित नाचिरहेका थिए । उसकै निर्देशनमा कठपुतली नाच –ता…ता…थैया….!… ता…ता…थैया….!
गीतको धून भन्दैथियो– हामी आधुनिक निरो, जो आफ्नै मृत्युउत्सव मनाइरहेका छौं !
त्यत्तिकैमा तन्द्रबाट झल्याँस्स ब्युँझियो । ऊ अझै अलमल्ल थियो, केही बुझ्न सकिरहेको थिएन, यो सपना हो वा विपना !

२०७६ वैशाख १ फोनः ८४१४७५४६७
विजय निवास, आरुबारी ।

धन्यवाद रचना
रचनालार्ई पूर्णङ्क १६०, वर्ष ५९ अङ्क १ वैशाख–जेठ २०७६
ता।।।ता।।।थैया।।।।१ १
–विजय चालिसे
बन्दै बिग्रँदै गरेका बादलका आकृतिहरू १
विस्तिृत र अनन्त रूपमा फैलिएको नीलो आकाशलाई पूर्णरूपमा आफूभित्रै समाहित गर्ने उद्देश्यले बादल–साम्राज्य फैलिएको छ । ऊ कहिले काहीँ बादलका ती विभिन्न चोक्टाहरूलाई आफूले चाहेको कल्पनाको आकृति दिन खोज्दछ । हरबखत गधाझैं जीवन सङ्घर्षमा आकण्ठ पौडिरहेको उसको यस बाहेक मनोरञ्जनको साधन नै के थियो र रु
पल पल चिप्लँदै जाने समयचक्रमा आफैंलाई अलमल्याउने बहानाको खोजी गर्छ ऊ । यही क्रममा निःस्सार–निष्कृय वित्दै जाने गरेको क्षण यो अनुकल्पना उसलाई अझै रमाइलो लाग्ने गर्छ । क्षणिक नै भए पनि आफूलाई यथार्थको डरलाग्दो धरातलबाट मुक्ति दिन यस्ता दृश्य सहयोगी बन्ने गर्छन् १ एउटा एउटा नयाँ अर्थ र विम्ब छाड्दै जाने गतिशील रूपमा फैंलँदँै टुक्रिँदै गरेका यी आकृतिहरू उसलाई आफ्नै जीवनको प्रतिविम्ब झैं लाग्छ १
हेर्दा हेर्दै तिनै आकृतिमध्येको एउटा आकृति तल झ¥यो ।
त्यो आफैंमा आश्चर्यपूर्ण घटना थियो । त्यसपछि त उसका अगाडि एक पछि अर्को अनेकौं आश्चर्यका घटना देखिँदै गए । ऊ विश्मित विश्मित ती दृश्य हेर्दै गयो । हेर्दै गयो । ती आश्चर्यजनक दृश्यहरूबाट अचम्मित ।।।अवाक १
बादलबाट तल उसको अगाडि झरेको त्यो आकृति देख्दा देख्दै मान्छेको अनुहारमा परिणत हुँदै गयो । अनुहार भने पराइ पराइ लाग्थ्यो, अपरिचित । त्यसमा न हिमाली सेतोपन थियो, न पहाडी गहुँगोरो रोगन । त्यसमा न त तराइको धूलो पोतिएको नेपाली रंग थियो, न पहाडी माटोको पोतिएको मटमैलो पन । उसले बोलेको भाषा पनि अनौठो थियो । नेपाली भाषामैं बोले पनि जिभ्रो बटारेर उसले बोलेको भाषा राम्ररी बुभ्mनै सकिँदैनथ्यो । उसका हाउभाउ सबै अचम्म लाग्दा देखिन्थे । ती सबै कुरा दखेर ऊ अझै आश्चर्यचकित बन्यो । हे हुँदैछ उसलाई, कतै सपना त होइन रु तर त्यो सपना थिएन ।
त्यो अनौठो मान्छेको खुट्टामा छालाको चम्चमाउँदो जुत्ता थियो । हातमा सुनको मोटो चेनयुक्त महँगो घडी । शरीरमा महँगो थ्री पीस सुट । आँखामा त्यस्तै महँगो सनग्लास ।
उसका दुवै हात गहु्रुङ्गा ब्रिफकेसले लच्किएका थिए । ब्रिफकेसमा लेखिएको लेखिएको अक्षर घामको उज्यालो पर्न जाँदा बेला बेलामा प्रष्टसँग चम्कँदो देखिन्थ्यो –आइएनजिओ ।
आश्चर्यका श्रृङ्खला एकपछि अर्को थपिँदै थिए ।
हेर्दा हेर्दै बादलका बुट्टाबाट अर्को एउटा आकृति पनि फुत्त झ¥यो । त्यसले पनि हातमा पहिलोले जस्तै ब्रिफकेस बोकेको थियो । यसको हमतको ब्रिफकेस भने पहिलोको भन्दा सानो थियो । बादलका बुट्टाबाट त्यसरी नै एक पछि अर्को अर्को गर्दै थुप्रै आकृतिहरू फुत्फुत् झर्दै गए । शुरूमा ठूला ठूला असिनाका गोला झैं खसेका ती आकार बिस्तारै मानवाकृतिमा परिणत हँदै गएका थिए । अनि एक एक गर्दै ती आकृति पहिलो सफेदपोशको अगाडि चन्द्राकार लामबद्ध उभिँदै गएको देखियो । लाग्थ्यो कुनै जादुको खेला भइरहेको थियो, जुन उसको समझभन्दा बाहिरको कुरा थियो त्यतिखेर ।
तिनका शिर निहुरिएका थिए, आँखामा लालचको घना रेखा । मनमा घातक सोच, जसमा अर्कैको हितका लागि बुनिएका खुराफाती योजनाका सूचीको खात ।
शिर निहु¥याएर उभिएका ती अनुहार पहिलो आकृतिको अगाडि आ–आप्mनो ब्रिफकेस खोलेर उभिएका थिए । सबैका हातको ब्रिफिकेस खाली थिए, पूरै खाली १ पहिलो रहस्यमय आकृतिले आफ्नो अगाडि नतमस्तक उभिएका ती सबै आज्ञाकारी अनुहारलाई एक एक गर्दै गहिरिएर हे¥यो १ उसका एक्सरेजस्तै भित्रैसम्म गड्ने आँखा तिनको मनको लालच र हातको खाली ब्रिफकेसको गहिराइ, लम्बाइ र चौडाइको आयतन आकलन गर्दै थियो । वा भनौं ऊ अनुमान गर्दैथियो, को कति समर्पित छ र त्यसको समर्पणको मूल्य कतिसम्म दिँदा ठिक पर्ला रु
पछि झरेका सबै आकृतिले हलुका पातलो नकावभित्र छोपिएर वस्तविक पहिचान लुकाउने प्रयत्न गरेका थिए । त्यसैले झट्ट हेर्दा सुकिलामुकिला लाग्ने ती अनुहारहरूलाई ठम्याउन सकिँदैनथ्यो । गौरसँग नियाल्दा मात्रै चिनिन्थे ती अनुहार ।
तिनका हातका ब्रिफकेसमा ती याचक अनुहारसंबद्ध क्षेत्रको सङ्केतसूचक परिचय अङ्कित थियो । जस अनुसार तिनमध्ये कोही सत्तारूढ र प्रतिपक्षी दलका मन्त्री, प्रभावशाली नेता र चम्चा कर्यकर्ता थिए । कोही नीति नियमको पालना गर्नु गराउने पर्ने ठूला ठूला पदाधिकारी । अनि कोही कालो कोटमा सजिएर कालै काम गर्ने कानुनका खेलाडी थिए । त्यही लाममा कलाकार–पत्रकारका रूपमा चिनिएका केही अनुहार थिए । कुनै अनुहार ठूला सम्पादकका मुखुण्डोमा छोपिएका थिए, कुनै चर्चित पत्रकार–स्तम्भकार वा अखबारी लेखकको मुखुण्डोमा देखिए । नैतिकताको पाठ घोकाउँदै अँध्यारोमा मुख कालो पार्ने सुधारक, उपदेशक र शिक्षक–प्रतिक्षक सबै थिए तिनमा । कोही भाषा, धर्म भेष र लिङ्गको लिङ्गे पिङ मच्चाउन माहिर खेलाडी १ सबै थिए । बादलका आकृतिबाट फुत्त फुत्त निस्केर मानव रूपमा परिणत हुँदै गएका ती परिचित–अपरिचित अनुहार र तिनको एकपछि अर्को चर्तिकला देखेर ऊ अवाक थियो ।
मानौं सिंगो देश नतमस्तक शिर झुकाएर उभिएको छ त्यो बादलबाट ओर्लिएको आकृतिको वरिपरि १
के देख्दैछ ऊ रु
ती सबै सधैं टेलिभिजनका पर्दामा, भाषणका मञ्चमा, न्यायालयका परिसरमा, आयोग र अफिसका घुम्ने कुर्सीमा, सदन र सञ्चारका साम्राज्यमा देखिने गरेका चिरपरिचित अनुहार थिए । तीमध्ये कति त ऊ आफैंले अगिसम्म आदरले हेर्दै आएका अनुहार थिए ।
ती सबैेको हात खोलिएका ब्रिफकेस समातेर पसारिएका थिए । तिनीहरू सकेसम्म बढी याचक बन्ने प्रयासमा दायालाग्दो निरिह अनुहार अनुहार देखाउने प्रतिस्पद्र्धा गरिरहेका थिए । दाँत ङ्च्यिाएर उभिएका ती आकृति लाग्थे ती याचक हुन् र कसले मालिकलाई धेरै रिझाएर बढी बक्सिस थाप्न सक्छ भन्ने होडमा समर्पित छन् ।
“ब्रिफकेस मात्रै ल्याएका छौं कि चित्तबुझ्दो कार्यविवरण पनि ल्यायौ रु” जिभ्रो बटारेझैं बुझ्नै कठिन आवाजमा निस्केको पहिलो आकृतिको स्वर गुञ्जियो । तिनका लागि भने त्यो आकृतिदेखि उसका सबै बानी व्यवहार र लवज परिचित लाग्थे, बोधगम्य सहज र लामो समयदेखिको परिचित जस्तै १
बटार्रिएर अर्कै भाषा झैं अप्ठ्यारोसँग उच्चरित उसो आवाज रोकिइ रोकिइ निस्किइरहेको थियो । बडो ध्यान दिएर सुन्दा मात्रै बुझेको थियो उसले आफ्नो बोली । उसको त्यही बोलीको तरङ्ग फैलिएर सबै नेपाली जिभ्रोलाई मोहनी लाउला भन्ने चाहिँ उसलाई के थाहा १ त्यसरी लठ्ठिने क्रमा दिन दुई गुना, रात चौगुना त्यही अनेपाली नेपाली लवज रेडियो तरङ्गजस्तै फैलिँदै जाला भन्ने त्यतिबेला अनुमान नै गर्न सकेको थिएन ।
“सबै हाजिर छ, आका १” अरेवियन नाइटका तिलस्मी कथानायकजस्तै देखिने लामबद्ध एउटा आकृतिको मुखारविन्दबाट चाकडीको चास्नीमा निथ्रुक्क भिजेको गुलियो स्वर निस्कियो “हेर्दै जानोस्, यसको परिणाम दश वर्षपछिको टाउको गन्तीमा देख्न पाउनुहुनेछ । हामी पक्ष विपक्ष सबै एक छौं, सबै मिलेरै तारतम्य मिलाइसकेका छौं ।” त्यो सङ्केत कता र कुन कुरा तर्फ लक्ष्यित थियो, उसले कुनै भेउ पाएन ।
“अनि तिम्रो।।।।रु” उसका एक्सरेजस्ता आँखा लामबद्ध अर्को आकृति तर्फ केन्द्रित भए । भित्रैसम्म गडेको त्यो तीखो आँखाको घोचाइले तर्सिए झैं लाग्ने कृष्णवर्णको त्यो थसुल्ले नेता आकृतिको सातो गएजस्तै स्वर सुनियो, “भरपूर योजनासहित हाजिर छु, सरकार १ एक साता भित्रै महाभारतको युद्ध मच्चिनेछ, कुरुक्षेत्रमा १ अनि जति चाहिन्छ कुस्ती लडाएर मतअभिमतको फसल काट्नुहोला ।”
उसको अनुहारको अभिव्यक्तिले लाग्थ्यो आफ्नो जवाफबाट ऊ पूर्ण सन्तुष्ट छ ।
लाममा खडा भएका इमान्दार याचकहरू एकपछि अर्को आ–आफ्नो कुरा राख्दै गए । कोही धर्ममा सोइसेलो खेल्ने वाचा बाँधिरहेका थिए, कोही जाति र भाषाको कुस्ती अखाडा जमाउने कुरा गर्थे । कोही विचार र व्यवहारको नयाँ वर्ण जन्माउन पुरुषार्थको झण्डा गाड्ने उद्घोष गरिरहेका थिए । सबै नै आ–आफ्नो जिम्मेवारीमा इमान्दार देखिने भरमग्दुर प्रयत्न गरिरहेका थिए । नयाँ मालिक रिझाउन कस्सेर स्यालुट ठोकिरहेको चौकीदारजस्तै ।
यसरी सबैको जवाफबाट सन्तुष्ट देखिए पछि उसले आफूसँगको ठूलो सुटकेसबाट निकालेर हैसियत अनुसारको बख्सिसले ती याचकहरूको हातको खाली सुटकेस सुटकेसमा राख्दै थियो ।
फेरि अर्को आश्चर्यले पर्खी रहेको थियो उसलाई– भरिएको ब्रिफकेस र नवीन निर्देशनको भारी बोक्नासाथ ती सबै आकृति निमेषभर मैं अन्तध्र्यान भैसकेका थिए । केही बेर अगाडि मुगल सम्राटका अगाडि वादशाहको आदेश तामेल गर्न शिर निहुराएर उभिएका विदूषकहरूजस्तै लाग्ने ती आकृति आँखा झिमिक्क नगर्दै कता लोप भए, उसले कुनै भेउ पाउन सकेन । उसले मनमनै सोच्यो– किन आज म यस्तै अनेकौं आश्चर्यमय घटना देख्दै छु ।
त्यस घटना पश्चातका केही दिन उसको दिमागले मदानी झैं तिनै आश्चर्यलाग्दा दृश्यहरूको मन्थन गर्दै रह्यो । उसले चित्त बुझ्दो समाधानको नौनी भने जति गरे पनि निकाल्न सकेन ।
दिन चिप्लँदै गयो । उसको दिमागमा लामो समय सम्म मडार्रिएका अनौठा दृश्यसम्बद्ध प्रश्न पनि बिस्तारै बिस्मृत बन्दै गए ।
केही महिना मात्रै बितेको थियो, उसको मस्तिष्कमा फेरि उथलपुथल मच्चाउने समाचार आउन थाले । अनौठा दृश्य र घटनाहरू देखिन थाले । लाग्थ्यो शान्त तलाउमा कसैले बडेमानको ढुङ्गा प्रहार गरेको छ । अनि त्यही प्रहारबाट सिर्जित उथलपुथलपूर्ण तरङ्ग युद्दक्षेत्रमा ओइरिएका बमबारुदका पर्रा झैं बज्रिँदै थिए १ यसरी अनेकौं अनौठा घटनावली देखिँदै गए ः
अघिल्लो राति श्रीमतीले शुद्ध मनले कातेको कपासको बत्ती ऊ आफैंले तोरीको शुद्ध तेलमा भिजाएर बालेको थियो । बत्ती त बिहान उठ्दा मैनबत्तीमा परिणत भइ सकेछ ।
रातमा सँगै सुतेकी श्रीमती विहान कतिखेर अधिकार माग गर्दै पतिमुक्तिको व्यानर बोक्दै नारा लगाउने हरूको भीडमा मिसिइ सकिछन् ।
सुख दुुखमा साथ दिने गाउँ छिमेकका आत्मीय अनहारहरू रातारात नचिनिने बनिसकेछन, बिरानो अनुहारमा बदलिइसकेछन् ।
हरेक सुखःदुखमा आँसु बगाउने आफन्त–इष्टमित्रहरूको समवेदना रामै्रसँग सुकिसकेछ ।
सधैं देखभेटमा हाँसेर सन्चोविसन्चो सोध्ने चिनारुहरू चुच्चे र बुच्चेको बनोट नियाल्दै एक अर्काको खोइरो खन्न थलिसकेछन् ।
हिजो कानुनको फन्दामा परेका डरलाग्दा अनुहारहरू कानुनकै उदारमनको शीतल चौतारीमा सुस्ताउन थालिसकेछन् ।
हिजोसम्म देखिएको परिचित भाषा–भेष परिवर्तन भएर बिरानो बनिसकेछन् । ।।।। आदि।।।।इत्यादि १
कुनै क्षेत्र अछुत थिएन । सबैतिर हिजोका सबै कुरा बदलिइरहेका देखिए, मात्र उसको नाउँ उही थियो, उसको गाउँ यतिबेलासम्म अझै उसकै थियो ।
यसरी चारैतिर फैलिएका तरङ्ले ऊ बसेको घरको जग समेत खलबलिन थालेको थियो । इँटा माटो, बज्रहरू एक आपसमा छुट्टिन खोज्दै थिए । याचक अनुहारहरू भने त्यही बादलभित्रबाट झरेको रहस्यमय आकृतिले बजाएको गिटारको धूनमा सम्मोहित सम्मोहित नाचिरहेका थिए । उसकै निर्देशनमा कठपुतली नाच –ता।।।ता।।।थैया।।।।१।।। ता।।।ता।।।थैया।।।।१
गीतको धून भन्दैथियो– हामी आधुनिक निरो, जो आफ्नै मृत्युउत्सव मनाइरहेका छौं १
त्यत्तिकैमा तन्द्रबाट झल्याँस्स ब्युँझियो । ऊ अझै अलमल्ल थियो, केही बुझ्न सकिरहेको थिएन, यो सपना हो वा विपना १

२०७६ वैशाख १ फोनः ८४१४७५४६७
विजय निवास, आरुबारी ।