शाकुन्तलभित्रका देवकोटाः एक परिशीलन

शाकुन्तलभित्रका देवकोटाः एक परिशीलन
(धन्यवाद छ्योर्तेन मासिक (२०७५ फागुन, वर्ष १४, अङ्क ११)यो पुरानो अप्रकाशित रचना प्रकाशित गरिदिएकेमा ! )
शाकुन्तलभित्रका देवकोटाः एक परिशीलन
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितायात्रा प्रकृति र ईश्वरबाट शुरु भएर मानवतावादमा सल्बलाउन थालेको देखापर्छ । लेखनाथ र समभन्दा भिन्न सहज–रमणीय भावलोकको अभिव्यञ्जना गर्दै नया नया प्रतिभाका रूपमा देवकोटाको प्रवेशसँगै नेपाली कविताको नया युगो सूत्रपात हुन्छ । देवकाोटाको प्रवेशसँगै नेपाली कविता यात्राको प्रारम्भिक विशिष्टकाल वि.सं. १९९५ हो जुन मुनामदनजस्तो सफल कविता लेखियो । यसरी उनको प्रारमिभक कालमैं प्रकृतिमा मूर्तिने ईश्वरलाई उनले राम्ररी चिनाएर मानवताभित्र डुलीसकेको देखिन्छ ।
उत्तरवर्ती देवकोटा संयत र सीमित कला र परिभाषाको घेराभित्र अटाउन सक्तैनन् । यस विराटे प्रतिभा वा जागृतिसँगै उनको कवित्वको नयाा चरण पनि शुरु हुन्छ । यसै चरणमा सााढे, प्रभुजी मलाई भेडो बनाऊ, बाधले बच्चा किन खान्छ जस्ता कविताबाट विद्रोही व्यीक्तत्व प्रकट हुन्छ । यिनै विविध प्राप्ति र प्रवृत्तिका देवकोटाका महत्वपूर्ण कृति र अझ प्राप्ति नै हुने शाकुन्तल (२००२) र सुलोचना (२००४) तथा गद्य भएर पनि कवितात्मकता छताछुल्ल भएको लक्ष्मी निबन्ध सङ्ग्रह (२००२) नेपाली साहित्य भण्डार कै अमूल्य रत्न हुन् भन्नु अतिशयाोक्ति नहोला ।
देवकोटाको काव्य–यात्रामा शाकुन्तल दोस्रो चरणको रचना भए पनि पहिलो चरणको छापबाट मुक्त छैन; बरु यसबाट पछि आएर पहिलो चरणको भावभूमि छाडेर सुलोचनाबाट दोस्रो चरणका क्रूद्ध र विद्रोही देवकोटाको पूर्वरूप देखा पर्छ । देवकोटाके क्रान्तिकारिता वनारसबाट प्रवाससँगै फस्टाउँछ र युगवाणीको सम्पादन र पहाडी पुकार (२००४) बाट चरम बिन्दूतर्फ अग्रसर हुन्छ । यही तेस्रो चरणमा उनको अभिव्यञ्जनाले चरम रूप लिन्छ ।
देवकोटा रोमाण्टिक, स्वप्नशदर्शी र आध्यात्मिक मानवीय आदर्शको गायक रहिरहे तापनि वि.सं. २००७ पछि देवकोटामा यथार्थ र बस्तुवादी अभिरुचि बढ्दै जान्छ । फलतः उनका भिखारी, प्रगति र मनेरञ्जन जस्ता कविता देखा पर्दै जान्छन् । अनि देवकोटाको कविता यात्राको अन्तिम चरण इन्द्रेणी काल हो, जुन कालमा बाढीकी विष्णुमती, चराको भजन, शाहजहाँ, ज्वरशमना प्रकृति, इन्द्रेणी जस्ता कविताहरू देवकोटाको कवित्वको अपूर्व क्षितिजतिर औंल्याउँछन् ।
देवकोटाको काव्य छन्दहरू पहराबाट फुटेका छहरा झैं छल्छलाउने स्वतःस्फूर्त सहज कविता हो जहाँ कुनै आयोजनाको प्रभाव छैन । त्यसै गरी विविधता र भावमय तीक्ष्णता रससिद्ध कवि देवकोटाका अरु विशेषत हुन् । उनी हाम्रा मनका सीमित वृत्तहरूमैं केन्द्रित नभएर अन्तर्मनको पिँधसम्म पुग्ने सामथ्यै राख्छन् । वैचारिक स्थिति उनका निम्ति पोखरी हो, त्यसमा जमनुभन्दा निरविच्छिन्न कग्नुमा देवकोटा बढी रमाएका पाइन्छन् उनको कवि व्यक्तित्वमा ईश्वर, प्रकसति र मानिसको त्रिकोण देखिन्छ जसको फलस्वङप उनको ईश्वर मानवीय र प्राकृतिक मूल्यमैं सीमित रहेको देखिन्छ । प्रकृतिको भीषण र रौद्र घटना प्रस्तुत गर्नमा महाकवि देवकोटा अग्रगण्य छन्, उनको प्रकृति योगको मुख्य विशेषता, विविधता र विराटता दिनुमा नै छ ।
नेपाली साहित्यको प्रथम महाकाव्य शाकुन्तल कालिदासको अभिज्ञान शाकुन्तलमा आधारित भए पनि प्रथम मौदिलक महाकाव्यको रूपमा आफ्ने स्थान सुरक्षित राख्न समर्थ छ । यो संयोगान्त महाकाव्य आदर्शवादी दृष्टिकोण लिएर लेखिएको साथै यसमा सत्य पक्षको विजय देखाइएको छ । विप्रलम्भ श्रृङ्गारलाई अंगीरस बनाइएको यस महाकाव्यको सङ.क्षिप्त कथाबस्तु यस्तो छ– दुष्यन्त वनमा शिकार गर्न जान्छन् र कण्डको आश्रममा पुग्छन् । शाकुन्तला आश्रमर्मा क्लै भएर पनि राजाके राम्रो स्वागत सत्कार गर्छिन् र राजाको प्रश्नमा उनी आफूलाई विश्वामित्रबाट जन्मिएकी क्षत्रीय कन्या भएको बताउँछिन् । दुवै प्रेममा पर्छन, गान्धर्व विवाह गर्छन् र चााडै लिन पठाउो वाचा गरेर आफ्नो अनुपस्थितिमा शत्रु राज्यद्वारा गरिएको दमन नियत्रण गर्न भनी राज्यमा फर्कन्छन् । कण्व पनि यस विवाहको अनुमोदन गर्छन् । निकै वर्षसमम पनि लिन नआए पछि कण्व श्रृषि शकन्तलालाई राजाकहाँ पठाउँछन्. तर राजाले दिएको चिन्ह औंठी हराएकीले राजा उनलाई चिन्दैनन् । आहत र शोकाकूल शकुन्तला फर्किएर कश्यप श्रृषिको आश्रममा शकुन्तलाले बाटामा स्नान गर्द खसालेकी राजचिह्नयुक्त औंठी श्यामा भन्नेले फेला पारेर राजा दुष्यन्त कहाँ पु¥याउँछिन् । औंठी देख्नासाथ राजालाई शकुन्तलाको सम्झना हुन्छ र उनी शोकाकूल बन्छन् । पछि दुश्यन्त देवाशुर सङ्ग्राममा भाग लिएर फर्कँदा संयोगले कश्यप श्रृषिको आश्रममा पुग्छन् र भरत (शकुन्तलाबाट जन्मेको आफ्नै छेरोलाई) देख्छन् । उनको शकुन्तलासँग पुनर्मिलन हुन्छ ।
महाकवि देवकोटाले प्रशस्त नेपाली पन दिएर सरल र स्वाभाविक महाकाव्य शाकुन्तल तयार गरेका छन् । किसानको आतिथ्य सत्कार, डोलीको यात्रा र विवाह प्रसंगमा पूर्णतः नेपाली पन पाइन्छ । अनि साथीहरूको जिस्क्याइमा पर्द त शकुन्तला पूरै मात्रामा लज्जावती नेपाली युवती बनिदिन्छिन् –
जाऊ चारु तिमी त आरुसरि छ्यौ तीतो बियाँकी गुदी
जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर तिम्रो गिदी ।
गर्दै गर्दिन है बिहा मत सधैं कन्या बनी बस्तछु
भन्दै ठुस्स परी विहंग संगिनी तर्केर फार्किदिइन ।।३१–८।।
त्यति मात्र होइन राजा दुष्यन्तले कण्वको आश्रममा शकुन्तलालाई छाडेर जाने प्रसंगलाई पनि बढी प्रासंगिक र विश्वसनीयत प्रदान गर्न देवकोटाले कालिदासको भन्दा बेग्लै बाटो लिन्छन् । यसलाई स्वाभाविकता दिन तथा बलियो स्थितिको सिर्जना गर्न देवकोटा राजधानीबाट दूत आई राजा नभएको बेलामा मौका छोपेर शत्रुले आक्रमण गरेको खबर दिलाउँछन् अनि मात्र राजा यस्तो समयमा तिमी किन जान्छ्यौ, पछि लिन पठायँछु भन्ने वचन दिएर त्यहाँबाट हडबडमा निस्कन्छन् । यति मात्र नभएर शाकुन्तलमा देवकोटा शकुन्तला र दुष्यन्तको सम्बन्ध बारे पछि आकाशवाणी भएको प्रसंगलाई पनि अस्वाभाविक मानेर हटाइ औंठी हराएको र फेरि पाइएको घटना बनाएर पेश गर्छन् ।
यसरी स्वाभाविकता र नेपाली पनको गन्ध भर्न अघि सर्ने देवकोटा कतै कतै भने नेपाली पन नै गुमाएर संस्कृतको प्रयोग पनि गर्छन्, जुन अलि असजिलो अनुभव हुन्छ । हेरौं–
सुस्निग्ध–बैंस–माधुरी–प्रर्दशिनी सरी
सुवास मग्मगमउँदी सुचारू अङ्ग बल्लरी
सरर्र शस्य रोमिला सुकेश–मंजु–मञ्जरी
चराभरि मृदुस्वरा प्रवाल–पल्लावधरा
सरोजकी कपोलकी मिलिन्द–ने–अप्सरा
सलील छाल घूंघरा ुगन्धशाश हर्हरा । ११ औं सर्ग
अधिकांश रूप पूर्वीय महाकाव्यसँग मेल खाने भए पनि नायक धीरोदात्त नभई धीरललित हुनु, कतै कतै बाहेक सर्गन्तले भावि कथाके सरुचना नदिनु जस्ता पूर्वीय महआकाव्यको लक्षण भन्दा अलि नमिल्ने खालकाो प्रयोग गर्ने देवकोटा कल्पनाको मूर्त रूपमा त बेजोड छन् नै । गोदावरी तटमा तपस्यारत विश्वामित्रको तपप्रभावले र्र् भई चिन्ताग्रस्त इन्द्रको मूर्त चित्रण र सैन्दर्यबोधको पराकाष्ठा देवकोटा यसरी आफ्नाो काव्यमा प्रयोग गर्छन् । होरौं –
लिइआई प्याला मधुर मदवाला जब परी
सुनौला प्यालामा अमृत रस सेतो सब भरी
बनी लाली झक्दै कर अघि दिई माणिक खुलि
पिएनन् बजी्रले सजल नयनी भैकन चली ।। ४३–२ ।।
× × ×
जूनै जूनबाट मानो कुँदेकी, फूलै फूलबाट मानो बनेकी
राता गाला दीर्घ आँखा ज्याला, विश्वश्री झैं प्रातमा चारु चाला ।। ५२१ –७ ।।
उत्तरवर्ती कवि देवकोटाके पूर्व रूप शाकुन्तलमा पनि भेट्न सकिन्छ । यस पौराणिक कथाबस्तु लिएर लेखिएको महाकाव्यमा पनि कवि हाम्रो तत्कालीन परिस्थितिलाई इङ्गित गर्न चुक्दैननन् । त्यति बेलाको राणाकालीन शासन र समयलाई देवकोटा कति मजासँग व्यक्त गर्छन् र अत्याचारी शासकलाई यस्तो चेतावनी दिन पुग्छन् –
बडा बज्रीजस्ता पनि कपट ली कातर भए
कडा द्यौता जल्छन् अलिकति त हाम्रा उदयले ।। ४६–२ ।।
× × ×
तिमी राजा भन्दै सबजन थिची न्याय रहित
गरौला के राज्यै के ? बुझ अब छ गुम्ने सुखसित
फुटुन् किल्ला काला अनृत पथमा टक्कर मिलोस्
करौंतीले खाउन् हृदय छलका दन्तहरूले
धरा काँपुन् सारा गड् गड गरी डग्मग भई
लडून् सेखी तिम्रो घररर लडोस् यो छलपुरी ।।
यसरी शासनको नाममा जनतामाथि अत्याचार गर्ने शासक वर्गलाई चेतावनी दिने देवकोटा विष्यप्रति पनि पूर्ण आशावादी छन्, हेरौं –
प्रेमैको दिव्य नीति प्रबल नृपहरू वीरता ताँति ताँति
तिम्रा सन्तान् लेलान्, त्रिभुवन विजयी दिव्य होला भविष्य ।।
“तगण र रगणको रगड मलाई मन पर्दैन । न त छन्दोमञ्जरी हृदय या श्रुतबोधका पाना मैले कहिल्यै पल्टाएँ” भन्ने महाकवि देवकोटा हृदय र हृदयको उेंडी मन पराउँछन्– त्यसैले कृतिमता भन्दा स्वभाविकता उन ाव्यात्मक गुणहरू हुन् । उनको कलमबाट नेपाली भाषा र साहित्यले कैयौं नया शब्द, नयाँ अर्थ, नयाँ प्रतीक, नयाँ लय र नयाँ अभिव्यञ्जना पनि पाएको छ । उनको अलौकिक काव्यशक्तिको प्रमाण तीन महिनामा तयार भएको शाकुनतल र दश दिने सुलोचनालाई लिन सकिन्छ उनी भन्छन् –“कल्पनामा सुर चढे पछि त्यसै अक्षर मिल्दा रहेछन् र लय घुसे पछि हावाले बाँसमा मुरली बजाए झैं प्राृत तबरले मान्छे मुरलीको हृदय बन्न थाल्दो रहेछ । ” त्यही कल्पना बोलेका छन् शाकुन्तलका कतिपय श्लोकहरूमा मेनकाको सौन्दर्य र आगमनको वर्णन गर्दै –
न वा त्यो चरी हा,े नवा त्यो परी हो ?
बवा कृष्णको मोहनी माधुरी हो ? न वा विश्वसौन्दर्यको चातुरी हो
यसै कान पीयूषले भरी भो ।। ११–४ ।।
× × ×
सुन वादल भो सुन सूर्य भए
सुरद्वार खुल्यो सुनको नभमा ।
सुनको भव भो सुनको जलले
सुन तार बजाउँछ कल्कलले ।।१–३।।
× × ×
पृथिवी सुनले सब छाइदिँदा
सुरका पुरको सुन कान्ति हुँदा ।
सुरलोक भनीकन देव परी
छकिइन आउँदछन् कि झरी ।। ५–३।।
नेपाली साहित्यमा महाव्यको अभाव मेट्न देवकोटाले महाकाव्य लेखेका कुरा उनी आफैंले स्वीकार गरेका छन् । उनी यस किसिमका रचनाका लागि संस्कृतको प्रयोग आवश्यक ठान्छन् र चुनौति पनि सिदन्छन् –“ तीन महिनामाको रचना, तीन वर्षको पढाइ हुन सक्छ । लोकप्रियता टाढै रहोस् बुझेर पढिदिने एक हातको औलामा गन्न पाए काफी छ ।” नभन्दै आज आएर पनि स्थिति झन्डै ृस्तै छ । शुरुमा हेर्दा देवकोटा पुरातनपन्थी दे िसक्छन्– मीठो लाग्छ मलाइ ता प्रिय कथा प्राचीन संसारको भनेकाले । तर पनि उत्तरवर्ती देवकोटालाई हेर्दा त्यसो भन्न शायद मिल्दैन । किनकि शाकुन्तल विशाल नदी हो, यहाँ जे पनि पाइन्छ र कविकै अनुसार प्राचीन वनमा नेपाली घर बनाउने प्रयास हो यो–
माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन
दाना सुन्दर स्वर्णका झझली देख्लान् गुडेका कण ।
जो आयो तर वषर््िइ घनघटा कालो–नीलो बाढ यो
जो जो ल्याउँछ सो बिनी ! बिनी लिन सौजन्यको सोख हो ।।६–१।।
× × ×
नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन
रोपेँ बीज विचारका मलमका बुट्टा बनून् वल्लरी ।
मालादार गला बनून् रसकिका पंखा नचाउन परी
सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ।।११–१।
सौन्दर्य चेता देवकोटाको लममा जादू पाइन्छ । त्यसैले उनी सौनर्यको हुबहु शब्दचित्र उतार्छन् र सौन्दर्यको सामु ऋषिमुनिहरूलाई हठधर्मिता छाड्ने सल्लाह दिन्छन् ।
पयरका ती चतुरा छमछम् चले
लहरमा सम दीकन चञ्चले
विहगका सब मूक गला खुले
अधर फर्फर भै ऋषिका खुले ।। ६३–३।।
× × ×
भने च्याखुराले छ सौन्दर्यभित्र अहो ! मारको मोहनी क्या विचित्र
त्यहीं स्वर्ग देखिन्छ, त्यो हो समाधि अरु शून्य हो, शून्य वैकुण्ठ गादी ।।२१–४।।
संसारको सृष्टिमा निर्दोष र पवित्र रूप शिशु हो । त्यसैले महाकवि देवकोटा मेनका–विश्वामित्र पुत्री, कण्डव र गौतमीकी दूहिता शकुन्तलालाई आधार बनाएर यसै कुरालाई व्यक्त गर्छन् । त्यत्रि मात्र होइन देवकोटाको सत्य नै शिव हो, शिव नै सुन्दर हो भन्ने विचार अन्यत्र झैं यहाँ पनि पाइन्छ । उनी जहाँ सौन्दयै छ त्यहीँ ईश्वर रहन्छ, हृदयको प्रेम नै ईश्वरको मन्दिर हो भन्छन् । हेरौं–
बिग्रिन्छ पौढहरूको सब बुदि सारा
वर्षिन्छ हेर जगमा प्रयाग्निधारा ।
त्यो कालमा शिशु अविकृत शान्त हाँसी
रोक्ने छ क्यार ? गति कारणको विनाशी ।। २९–७ ।।
× × ×
छ ईश कुन ठाउँ ? छ जुन ठाउँमा माधुरी
महाताप त्यही नहो भजन गर्छ जो स्वः परी ।
बुझे मधुर रूप नै निगम छ के काम र ?
बुझे हृदय प्रेमको भाव छ स्वर्गको मन्दिर ।।३०– ९।।
सरल जीवनका पक्षपाती देवकोटा शहरी जीवनमा नखरा, नक्कली पन र छलकपट पाउँछन् भने ग्राम्य जीवनमा अझ वन्य जीवनमा यी कुनै ककुरा पाउँदैनन् । अनि प्रेम विसधत्रको कुरा हो, जब दुई हृदयको स्पन्दन एक अर्कामा साटिन्छन् तर उनीहरू एक अर्काको मिलन नभएसम्म बगरको माछो झैं छटपटिन्छन् । यही कुरा देवकोटाले कति सजिलै र प्रभावोत्पादक रूपमा भनेका छन् –
यिनसँग नखराको नक्कली भाव छैन
छलकपट सुधाको जिन्दगी नै हुँदैन ।
सरल सरस वार्ता गर्दछन् मिष्टभाषी
वन हृदय बनेझैं ओठ रङ्गी सुवासी ।। ३९–१३।।
× × ×
किन लाग्छ रू गहमा यसै ?
किन चित्त विह्वल भो त्यसै ?
किन हेरू, हेरू भयो सदा
किन खोजूँ खोजूँ सदा ुदा ? ।।२९–१४।।
जन्मदेखि परिचित भएर हाँसी खेली समय बिताएको जन्मस्थल र आफ्ना बाबुआमाको परिचित र न्षनोक ाख छाड्न छोरी मान्छेहरू कति विवस हुन्छन् भन्ने कुराको देवकोट बडो मार्मिक शब्दमा व्यक्त गर्छन् शाकुन्त ल महाकाव्यमा र यसैलाइई उनी नारीको अभाग मान्न पुग्छन् –
छोड्नै पर्ने परवश भई जन्मकी चारुभूमि
जानै पर्ने परघर सदा दुःखको नाक चूमी
बाँधा बन्दी विवश अवला जातको हा अभागी
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागि ।।७३–१९।।
शब्दचित्र खिच्नमा कवि ज्यादै पटु छन् भन्ने कुरा अगाडि पनि गरिसककियो । शकुन्तला दुष्यन्तको दरबारतर्फ लाग्दा उनको स्वागतमा कृषिवालाले मकै भुटेको सजीव चित्र कवि आँखा अगाडि ल्याइदिन्छन् –
छंछम छंछम चल्दछ चूरी, पट्पट् पट्पट बोल्दछ हाँडी
भर्भर भर्भर गर्दछ आगो, चंंचम चंचम नाच्खछ आँखा ।। ४९।।–२०।।
प्रेमको प्रशंसा गर्न कवि कहिँ पनि चुकेका छैनन् । जब दुष्यन्त औठी पाएर शकाुन्तलालाई सम्झी प्रेमविह्वल हुन्छन्, स्वर्गबाट देवासुर संग्राममा भाग लिएर फर्कन्छन् अनि कश्यप ऋषिके आ?ममा शकुन्तला र भरतसँग भेट भएर दीव्य आनन्दमा पर्छन् त्यतिबेला देवकोटा कश्यपको माध्यमबाट दुउष्न्तलाई प्रेमको महत्व यसरी बताउँछन् –
प्रेमै हो सिर्जनाको प्रथम निधि यही विश्व–आधार
प्रेमै हो दिव्यताको मुमय करुणा प्रेम हो विश्व प्राण ।।
प्रेमैले मिल्छ तारा यसकन सबको धर्मको तत्व जान
हेलाँ हो पाप भन्ने बुझ नृपवर यो प्रेम हो दिव्य गान ।। ७२–२४।।
यसरी सम्पूर्णमा महत्वपूर्ण प्रथम मौलिक नेपाली महाकाव्यको उपाधि पाए पनि कतिपय प्रसङ्ग र कुरालाई हेर्दा यो मुनामदनको स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य हो भन्न पनि हिचकिचाउनु पर्ने हुन्छ । देवकोटाजस्ता राष्ट्रभक्तले आधुनिक युगचेता कविव्यक्तित्वले मीठो लग्छ मलाइ ता प्रिय कथा प्राचीन भारतको भनेर प्राचीनताका पुजारी बन्नु अझ भारत भन्दा अहिले प्राचीन भारत वर्ष नभएर राजनीतिक रूपमा हाल कायम छिमेकी देश भारत मात्र बुझिने कुरालाई बिर्सेर भारत भन्नु देवकोटाको लागि नसुहाउने कुरा हो । त्यस्तै त्यत्रो प्रणय लीला गरेर आफ्नो गर्भधारण गरेकी शकुन्तलालाई पटक्कै नचिन्नु, रण्डी र बेस्सेसम्म भनेर त्यस्तै व्यवहार गरी शहरमा शरीर व्यापार गर्ने सल्लाह दुष्यन्तले दिँदा दिँदै पनि शकुन्तलालाई अनुनय विनय गराउनु जस्ता कुरा देवकोटाजस्तो क्रान्तिकारी, आधुनिक र स्त्रीका पक्षपाती कविलाई सुहाउने कुरा निश्चय नै हो भन्न सकिन्न । राजाबाट त्यस्तो व्यवहार हुँदा हुँदै पनि गौतमी, ऋषि शिष्य र शकाुन्तलाकै पनि हिन्नतीपना हो जुन सामान्य मानिसले कुनै पनि स्थितिमा गर्न सक्तैन ।
जे होेस् आएल्याण्डको सर्प झैं भएको हाम्रो साहित्यको महााव्य जगतमा सर्वप्रथम महाकाव्य दिएर अरुलाई यस क्षेत्रमा हुट्हुटी लगाउनु र यसभित्रक अन्य उल्लेखनीय पक्षहरूलाई हेर्द यसमा देखापर्ने यी त्रुटिहरूलाई क्षमा दिन नसकिने पनि निश्चय नै छैन भन्न सििकन्छ । अस्तु !
–२०३८ कार्तिक, अप्रकाशित